काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्नुहुने भएको छ ।
१४ औँ महाधिवेशन नजिकिएसँगै नेता पौडेलले आफूनिकट नेताहरूसँग छलफल गर्नुहुने भएको हो । छलफलका लागि उहाँले बिहीबार दिउँसो दुई बजे बैसकसमेत बोलाउनुभएको छ ।
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अनुमोदन गरिसकेको छ ।
सभापति शेरबहादुर देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग महाधिवेशनका बारेमा छलफल गरिसक्नुभएको छ । देउवाले आफू सभापतिमा दोहोरिने भन्दै सहयोगका लागि आग्रह गर्नु भएको छ ।
संस्थापन समूहमै रहनुभएका उपसभापति विमलेन्द्र निधि पनि उपसभापतिका लागि निरन्तर छलफलमा हुनुहुन्छ ।
प्रतिक्रिया