अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कटारीका ५ वडाका जनप्रतिनिधिद्वारा छुट्टै गाउँपालिका गठन गर्न माग

कटारीका ५ वडाका जनप्रतिनिधिद्वारा छुट्टै गाउँपालिका गठन गर्न माग


उदयपुर- कटारी नगरपालिकाको पहाडी क्षेत्रका ५ वटा वडाका जनप्रतिनिधिले छुट्टै गाउँपालिका गठन गर्न माग गरेका छन् ।

वडा नं ९, १०, ११, १२ र १४ वडाका जनप्रतिनिधि तथा स्थानीयवासीले कटारी नगरपालिकाबाट छुटिएर छुट्टै गाउँपालिका बनाउने मागसहित मङ्गलबार नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउतलाई भेटर ज्ञापन पत्र बुझाएका छन् ।

सो अवसरमा नगर प्रमुख श्रेष्ठले भौगोलिक हिसाबले पनि यी वडाहरू दुर्गम भएकाले त्यहाँको समस्या र जनप्रतिनिधिहरूले उठाएका मागका सम्बन्धमा आफू गम्भीर भएको बताउँदै छुट्टै गाउँपालिका गठन गर्न सहज नहुने धारणा व्यक्त गर्नुभयो ।