अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ


सप्तरी- सप्तरी प्रहरी र अदालतको टोलीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई आज पक्राउ गरेको छ ।

सात लाख रुपैयाँ जरिवाना र दश दिन कैद हुने ठहरपश्चात फरार रहेका सप्तरीको शम्भुनाथ नगरपालिका-१२ अर्नाहा बस्ने युसुफलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । सोही ठाउँका हमिदको जाहेरीले आरोपितमाथिको बैंकिङ्ग कसुर ठहर गर्दै उच्च अदालत जनकपुरले गत चैत १९ गते दश दिन कैद र सात लाख रुपैंया जरिवाना हुने फैसला गरेको थियो ।

फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी र अदालतको डोर टोलीले गाउँघरमै लुकीछुपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले बताउनुभयो ।

अदालतले अभियुक्तलाई कैद/जरिवाना भुक्तानका लागि आजै राजविराज कारागार कार्यालय पठाएको अदालतका स्रेस्तेदार कुमार मास्केले बताउनुभयो ।