काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । मुद्दामाथि भोलि फेरि बहस हुनेछ । आज विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एक सय ४६ सांसदले दायर गरेको रिटमाथि पहिलो दिनको बहस सकिएको छ ।
पहिलो दिन आज पाँच कानुन व्यवसायीले बहस गरेका छन् । सर्वोच्च अदालतले निवेदकहरूलाई बहसका लागि १५ घण्टाको समय तोकेको छ ।
गएको जेठ २६ गते बसेको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएपछि सुनुवाइ सुरु भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई सदस्य रहेको संवैधानिक इजलास गठन गरिएको छ ।
प्रतिक्रिया