काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । बैठकपछि जसपाले निर्वाचन आयोगमा पुगेर आधिकारिकता दाबी गर्ने भएको छ ।
जसपाका दुई अध्यक्षमध्ये उपेन्द्र यादव पक्षले अलग्गै बैठक राखेर ठाकुरमाथि कारवाही गरिसकेको छ । पार्टीको प्रथम अध्यक्ष र २०७७ पुस ७ गतेको बैठकले कार्यकारिणी समितिमा हेरफेर र निर्णय प्रमाणिकरणको अधिकार ठाकुरलाई दिएका कारण आयोगमा सोही आधारमा दावी प्रस्तुत गर्ने तयारी छ ।
जसपामा पनि पुस ७ गतेपछि एकीकृत ढंगले पार्टीको बैठक बस्न सकेको छैन ।
प्रतिक्रिया