काठमाडौं– एमाले नेता तथा पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटाले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाबेला विपक्षी दलले आन्दोलन सुरु गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमा बास्कोटाले विपक्षी गठबन्धन प्रणाली नै भत्काउनतिर उद्दत रहेकोसमेत आरोप लगाउनुभएको छ । ‘विपक्षी सडकमा तर किन ? हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनर्स्थापनाका लागि सडकमा हो ? संविधानको धारा ७६को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी टिकट, सांसद र सरकारको सम्बन्धै रहेन । त्यसो हो भने विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लाग्यो।’
विपक्षी गठबन्धनप्रति असन्तुष्ट बास्कोटाले औपचारिक, अनौपचारिक फोरमहरुमा पार्टी एकताका पक्षमा लविङ गर्दै आउनुभएको छ ।
प्रतिक्रिया