अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साउनदेखि सबै प्रकारका सवारीले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने

साउनदेखि सबै प्रकारका सवारीले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने


काठमाडौं- साउन १ गतेदेखि सबै प्रकारका सवारी साधनलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार सरकाले सो मितिदेखि नयाँ दर्ता हुने र नवीकरण गरिने सवारीलाई यो प्रणाली लागू गरिने भएको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले यो व्यवस्थाबारे अहिले छलफल भइरहेको जानकारी दिनुभयो ।

‘यो व्यवस्थाबारे हामीले केही समय अघि नै छलफल गरेका हौं । आउने साउन १ गतेदेखि नयाँ दर्ता हुने र नवीकरण गरिने हरेक प्रकारको सवारीलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुनेछ, ‘महानिर्देशक नमराजले भन्नुभयो, ‘अन्य सवारीलाई पनि निर्धारित समय तोकेर जडान गर्न लगाइनेछ ।’

नम्बर प्लेट छाप्ने काम पनि धमाधम भइरहेको छ । छाप्ने डेकाटुर टाइगर कम्पनीले गरिरहेको छ ।

गत वैशाखमा महानिर्देशक नमराजले आगामी दुई वर्षमा सबै सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट राखिसक्ने बताएका थिए ।

इम्बोस्ड नम्बर प्लेट राख्न सवारी धनीले निश्चित शुल्क बुझाउनुपर्छ ।