अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमक नगरपालिकाको बजेट १ अर्ब ३८ करोड ४५ लाख

दमक नगरपालिकाको बजेट १ अर्ब ३८ करोड ४५ लाख


झापा- दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३८ करोड ४५ लाख ९९ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

आजबाट सुरु नगरपालिकाको नवौँ नगरसभामा नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले बजेट पेश गर्नु भएको हो ।

बजेटमा चालूतर्फ ७० करोड ५९ लाख ९९ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । यस्तै, पुजीँगततर्फ ६७ करोड ८६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

दमक नगरपालिकाले आन्तरिक स्रोतबाट २८ करोड २३ लाख ६० हजार उठाउने प्रक्षेपण गरेको छ । यस्तै, दमक अस्पतालबाट ११ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।