अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थुलुङ दुधकोसीको ४६ करोड ६२ लाखको बजेट सार्वजनिक

थुलुङ दुधकोसीको ४६ करोड ६२ लाखको बजेट सार्वजनिक


सोलुखुम्बु- जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

आज छैटौं गाउँपालिकाको केन्द्र मुक्लीमा सम्पन्न गाउँसभाबाट पारित यस आर्थिक वर्षको लागि कुल ४६ करोड, ६२ लाख १६ हजार ७ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमार्फत भूमिहिन किसानरसुकुमबासीलाई घडेरी उपलब्ध गराउने जस्ता लोकप्रिय कार्यक्रम अगाडि सारिएको छ । गाउँपालिका अध्यक्ष असिम राईकाअनुसार भूमिहिन किसान/सुकुमबासीलाई घडेरी उपलब्ध गराउन जग्गा खरिद गर्न बजेटको व्यवस्था गरिएको छ ।

त्यस्तै, दुधकोसी सामुदायिक अस्पताल, थुलुङ दुधकोसी वहुप्राविधिक शिक्षालय, खेलग्राम लगायतका गाउँपालिकाले सुरु गरेका गौरवका ठुला आयोजनाहरूको लागि उचित बजेटको व्यवस्था गरिएको छ ।

कोभिड-१९ बाट आक्रान्त नागरिकहरुको लागि, संङ्क्रमण रोकथाम, उद्दार, उपचार तथा राहत वितरण, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि आफ्नो ज्यान उत्सर्ग गर्नुहुने शहीद तथा वेपत्ता परिवारलाई जिवन निर्वाह भत्ता उपलब्ध गराउने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी, माझी समुदायका विद्यार्थीको शैक्षिक उन्नयनको निम्ति शैक्षिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।