अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फुङ्लिङलको बजेट ६३ करोड ३९ लाख : सामाजिक र पूर्वाधार विकास प्राथमिकतामा

फुङ्लिङलको बजेट ६३ करोड ३९ लाख : सामाजिक र पूर्वाधार विकास प्राथमिकतामा


ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६३ करोड ३९ लाख १५ हजार २ सय १० रुपैयाँको बजेट ल्याएको छ ।

नगरपालिकाले संघीय सरकारबाट ८ करोड रुपैयाँ सामाजिक सुरक्षा अनुदान प्राप्त हुने अनुमान गरेको छ ।

नगरपालिकाले संघीय सरकारबाट ८ करोड रुपैयाँ सामाजिक सुरक्षा अनुदान प्राप्त हुने अनुमान गरेको छ । सामाजिक सुरक्षा अनुदानबाहेकको बजेटबाट नगरपालिकाले चालूतर्फ ३९ करोड ४५ लाख ५१ हजार रुपैयाँ (६२.२४ प्रतिशत) र पुँजीगततर्फ २३ करोड ९३ लाख ६४ हजार रुपैयाँ (३७.७६ प्रतिशत) खर्च हुने अनुमान गरेको नगर उपप्रमुख बमबहादुर भट्टराईले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

उपप्रमुख भट्टराईका अनुसार सामाजिक विकासतर्फ ३१ करोड ४८ लाख ५० हजार (४९.७६ प्रतिशत), पूर्वाधार विकासतर्फ १६ करोड १४ लाख ५५ हजार (२५.४७ प्रतिशत), आर्थिक विकासतर्फ ३ करोड ३८ लाख ५५ हजार (५.३४ प्रतिशत), सुशासन एवं अन्तरसम्बन्धित क्षेत्रतर्फ १ करोड १६ लाख ४० हजार (१.८४ प्रतिशत) र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ करोड २१ लाख १५ हजार (१७.६९ प्रतिशत) रुपैयाँ विनियोजन भएको छ ।

उक्त खर्च वहनका लागि नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १६ करोड २० लाख, राजस्व बाँडफाँटको रकम ७ करोड ७८ लाख ९० हजार, ससर्त अनुदान २८ करोड १० लाख र विशेष अनुदान १ करोड ४९ लाख, समपुरक अनुदान १ करोड ९५ लाख रुपैयाँको स्रोत प्राप्त हुनेछ ।

यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ९५ लाख ९७ हजार, राजस्व बाँडफाँटको १ करोड ४ लाख २ सय १०, समपुरक अनुदान १ करोड, ससर्त अनुदान ७ लाख ५ हजार र आन्तरिक स्रोतबाट ४ करोड ८९ लाख २३ हजार रुपैयाँ बेहोर्ने नगरपालिकाको योजना छ ।