काठमाडौं । काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी तोक्नु भएको छ ।
पदमुक्त नभएका चार मन्त्रीहरूले हेर्नेगरी राष्ट्रपति भण्डारीले जिम्मेवारी तोक्नुभएको हो । जसअनुसार विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह मन्त्रालय सम्हाल्नु हुने भएको छ ।
यस्तै, कृष्ण गोपाल श्रेष्ठले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
बसन्तकुमार नेम्वाङले भौतिकसहित कृषि, खानेपानी, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
त्यस्तै, लीलानाथ श्रेष्ठले कानुनसहित भूमि व्यवस्था, महिला तथा जेष्ठ नागरिक, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले जिम्मेवारी तोक्नुभएको उल्लेख गर्नु भएको छ ।
विज्ञप्ति








प्रतिक्रिया