काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । जसमध्ये ५ लाख ७० हजार ९५८ जना निको भएका छन् भने ८ हजार ९१८ जनाको मृत्यु भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २४ जनाको मृत्यु भएको छ भने २ हजार ५१८ जना निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमित ४९ हजार ५५५ जना रहेका छन् । उनीहरूमध्ये होम आइसोलेसनमा ४६ हजार ५०२ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ५३ जना छन् । मन्त्रालयका अनुसार हाल ७३६ जना आईसीयू र २०७ जना भेन्टिरमा उपचाररत् छन् ।







प्रतिक्रिया