काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन बोलाउनुभएको छ । उहाँले असार १७ गते बिहीबार ४ बजे अधिवेशन बोलाउनुभएको हो ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गर्नु भएको हो । आज बसेको मन्त्रिरपरिषद् बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।








प्रतिक्रिया