अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेटौँडा उपमहानगरको बजेट २ अर्ब ६० करोड : पूर्वाधार र स्वास्थ्यमा जोड

हेटौँडा उपमहानगरको बजेट २ अर्ब ६० करोड : पूर्वाधार र स्वास्थ्यमा जोड


मकवानपुर- हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि रु दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मीनाकुमारी लामाद्वारा आज नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकासमा रु एक अर्ब ३० करोड ४५ लाख, आर्थिक विकासमा रु १२ करोड ९८ लाख, सामाजिक विकासमा रु ६३ करोड रु ९२ लाख, स्वास्थ्य विकासमा रु आठ करोड ७६ लाख विनियोजित गरिएको छ ।

संस्कृति प्रवद्र्धनमा रु दुई करोड ३७ लाख, खेलकूद तथा मनोरञ्जनमा रु तीन करोड ७२ लाख , लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा रु तीन करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु पाँच करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रु एक करोड ९१ लाख बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले आगामी आवको नीति तथा कार्यक्रममा कोभिड अस्पताललाई थप सहयोग, सडकको विस्तार, बसपार्क निर्माण, पर्यटकीय स्थानको विकास र विस्तार, प्रत्येक वडामा खानेपानीको व्यवस्थापन, वातावरण प्रदुषण नियन्त्रण, नमूना शहरीकरण गर्ने प्रक्रियालाई अघि बढाइने रहेको जानकारी दिनुभयो ।