अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगञ्ज महानगरको बजेट ३ अर्ब ५५ करोड ३५ लाख

वीरगञ्ज महानगरको बजेट ३ अर्ब ५५ करोड ३५ लाख


पर्सा- वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु तीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ ।

उपप्रमुख शान्ति कार्कीले चालु तर्फ रु एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापन तर्फ रु छ करोड ६० लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

प्रदेश नं. २ को एक मात्र महानगरपालिकका विनियोजित बजेट मध्ये समाजिक विकासका क्षेत्रमा रु एक अर्ब १५ करोड ५८ लाख, पूर्वधार विकास क्षेत्रमा रु एक अर्ब ३५ करोड ६६ लाख र कार्यालय तर्फ रु ८० करोड ७३ लाख रहेको छ ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले अगामी आर्थिक वर्षमा गर्भवती तथा बालबालिकाका लागि पोषण, वर्थिङ सेन्टरको भवन निर्माण, पूर्वाधारको विकास, सामुदायिक विद्यालयको स्तरोन्नती, स्वास्थ्य सुबिधाको विकास, ज्येष्ठ नागरिक सम्मान, कृषि तथा कृषको विकासमा केन्द्रीत रही काम गर्ने नीति तथा कार्यक्रम ल्याएको बताउनभयो ।