काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अस्थिरतामा राख्ने प्रवन्ध संविधानमा घुसाइएको बताउनुभएको छ ।
नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टसँग बिहीबार राति विशेष संवाद गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । संविधानले स्थिरताको परिकल्पना गरेको तर ग्यारेन्टी नगरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले अहिलेको संवैधानिक व्यवस्थाले एउटै दलको बहुमत आउन धेरै मुस्किल हुने बताउनुभएको छ । ‘यो संवैधानिक व्यवस्थामा भरसक बहुमत आउन सम्भव छैन । नेपाललाई अस्थिरतामा राख्ने प्रबन्ध पहिल्यै नै घुसाइएको छ ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘दुई वा दुई भन्दा बढी दल मिलेर नै नेपालमा सरकार बनाउने हो । नेपालजस्तो राजनीतिक संस्कार कमजोर भएको ठाउँमा धेरै भरपर्दो हुन सक्दैन ।’
संवैधानिक व्यवस्थाका कारण संसदबाट प्रधानमन्त्री छानिने ठाउँमा त्यो प्रधानमन्त्री छानिरहने अवस्था, सत्तारुढ दल फेरिनेमात्रै होइन, निर्वाचनमा जानु अपरिहार्य हुने प्रधानमन्त्रीको भनाइ छ । ‘ प्रतिनिधि सभाबाट प्रधानमन्त्री छानिने अवस्था भएपछि दुई वर्ष अविश्वास राख्न नपाउने भनेको दुई वर्ष ढुक्क भएर काम गर्न दिने अवस्था छ र ?’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘ एक महिनाभित्रै प्रधानमन्त्री असफल हुन सक्छ । सरकार गठन हुन सक्दैन ।’
प्रधानमन्त्री ओलीले दलहरुबीच कुरा नमिलेमा र कसैको नआएको अवस्थामा एउटा निर्वाचन सकिएको एक महिनापछि नै अर्को निर्वाचनमा जानु पर्ने स्थिती आउने प्रधानमन्त्रीले बताउनुभएको छ । ‘ दुई वा दुई भन्दा बढी दलको समर्थन भएन भने देश स्वतः निर्वाचनमा गएन ? ठूलो दलको हैसियतले ३० दिनमात्र हो चलाउन पाउने हो ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘ तीस दिनमा त विश्वासको मत लिनुपर्छ, विश्वास पाउँदैन, त्यसपछि गएन चुनावमा ?’







प्रतिक्रिया