अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शंकर र महेशको कडा प्रतिक्रियाः ‘पुष्पकमल नामक विदुषकको छद्म फुर्ति’

शंकर र महेशको कडा प्रतिक्रियाः ‘पुष्पकमल नामक विदुषकको छद्म फुर्ति’


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति भन्दा राजा नै उत्तम भन्ने भनाइमा नेकपा एमालेका दुईजना नेताले कडा प्रतिक्रिया दिनुभएको छ ।

लुम्बिनी प्रदेशका मूख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पाखरेलले प्रचण्डले राजनीतिलाई अराजनीतिक बनाउने सबै खेल पुरा गरेको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन प्रचण्डले पूर्व राजालाई गुहार्न बाँकी रहेको काम पूरा गरेको व्यंग्य गर्नुभएको छ ।

पोखरेलले लेख्नु भएको छ ‘राजनीतिक प्रतिष्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुर्हान बाँकी थियो हिजोबाट त्यो पनि पुरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ? ’

यसैगरी पूर्व मन्त्री एवं एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले छोटो कविता लेख्दै प्रचण्डले राजा गुहारेकोमा व्यंग कस्नु भएको छ । कवितामा पुष्पकमल नामक विदुषकको छद्म फूर्ती क. प्रचण्ड भएको उल्लेख गरिएको छ । बस्नेतको कविता यस्तो छ ‘ओली वामपन्थी भएनन्, देउवा दक्षिणपन्थी रहेनन्, राष्ट्रपति भन्दा बरु राजा राम्रो !! पुष्पकमल नामक विदुषकको छदम फुर्ति ‘क. प्रचण्ड’ अलंकारका क्रान्ति नामको भ्रान्तीको हास्यास्पद पर्दाफास ।’