अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसमा गुट भेला तीव्र, आज पौडेलको पालो

कांग्रेसमा गुट भेला तीव्र, आज पौडेलको पालो


काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन नजिकिंदै गर्दा गुटका बैठकले तीव्रता पाएका छन् । यसै क्रममा आज वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना गुटका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दैहुनुहुन्छ ।

पौडेलले दिउँसो दुई बजे बसुन्धरास्थित एक रेस्टुरेन्टमा केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाउनुभएको हो । छलफलमा महाधिवेशनको तयारी, नीति र नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ ।

पौडेलको समूहमा उहाँ सहित प्रकाशमान सिंह्, डा.शशांक कोइराला र डा.शेखर कोइराला गरी चारजना सभापतिका दाबेदार हुनुहुन्छ ।