अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका एमालेका तीन सांसद पुनः निलम्बित

कर्णालीका एमालेका तीन सांसद पुनः निलम्बित


काठमाडौं– सर्वोच्च अदालतबाट पुनर्बहाली भएका कर्णाली प्रदेशका चार सांसदमध्ये तीन जना पुनः निलम्बनमा परेका छन्। नेकपा एमाले संसदीय दलको निर्णयअनुसार प्रदेश सभा सचिवालयले उनीहरुलाई निलम्बित गरेको हो ।

सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमिमन्त्री कुर्मराज शाहीलाई निलम्बित गरिएको जनाएको छ।

यसअघि कारबाहीमा परेका उनीहरु पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका थिए। सर्वोच्चले अन्तरिम आदेशमार्फत् उनीहरुलाई पुनर्बहाली गरिदिएको थियो।