अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रूसमा बढ्यो कोरोना संक्रमण, एकैदिन भेटिए २० हजारभन्दा बढी संक्रमित

रूसमा बढ्यो कोरोना संक्रमण, एकैदिन भेटिए २० हजारभन्दा बढी संक्रमित


रूसमा शुक्रबार पनि २० हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक संक्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरूलाई रूसका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

योसमेत गरी रूसमा हाल ५४ लाख ९ हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमितहरू भेटिएका बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टायता कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ । योसमेत गरी रूसमा अहिलेसम्म कोरोनाका कारण १ लाख ३२ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

रूसको मस्को शहरमा यहाँका संक्रमितमध्ये सबैभन्दा धेरै प्रभावित भएका छन् । रूसमा यहाँका संक्रमितहरूमध्ये सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । समाचार अनुसार रूसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाखभन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ ।

त्यसैगरी गएको २४ घन्टायता मात्र पनि रूसको मस्कोमा करिब ८ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा कोरोना भाइरसका विरुद्धमा खोप पनि लगाइएको छ । यहाँ आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो ।

शुक्रबारसम्ममा प्राप्त विवरण अनुसार रूसमा यहाँका तीन करोड ६० लाख मानिसलाई कोरोना भाइरसका विरुद्धको खोप दिइएको बताइएको छ ।