सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको छ ।
शुक्रबार साँझ ईश्वरपुर नगरपालिका वडा नम्बर(३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिनुभयो । पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेकेदार प्रेमराज दाहालसँगै पुग्नुभएको थियो । त्यहाँ वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेका बेला भनाभन भएका थियो ।
वडाध्यक्षले चालक तामाङलाई चप्पलले हिर्काएपछि रिसमा जेसिबीको बकेटले प्रहार गरेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यापछि उनको शवलाई ठेकेदार र चालक मिलेर गाडेको र शव रातभरि खोजेपछि मात्रै शनिबार बिहान उनीहरुलाई पक्राउ गरिएको छ ।
प्रहरीले ठेकेदार दाहाल र चालक तामाङलाई पक्राउ गरेको छ ।






प्रतिक्रिया