अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी त्यागेका गुप्ता एमाले पर्साको सचिव

माओवादी त्यागेका गुप्ता एमाले पर्साको सचिव


वीरगञ्ज-केही समय पहिला माओवादी त्यागेर एमाले प्रवेश गर्नुभएका  पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजगुप्ता पार्टीको जिल्ला सचिव हुनुभएको छ ।

गुप्ता स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित हुनु भएको थियो ।

एमाले प्रवेशसँगै उहाँले जिल्ला सचिवको जिम्मेवारी पाउनु भएको हो । नेकपा एमाले प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा सचिव मनोनित गर्नु भएको थियो ।

जसमा पर्साको अध्यक्षमा प्रभु हजरा र सचिवमा मनोज गुप्ताको नाम छ । हजरा पहिला पनि अध्यक्ष नै हुनुहुन्थ्यो । ‘पार्टीमा आउने जो सुकैलाई पनि योग्यता र क्षमताको आधार हामी जिम्मेवारी दिन्छौं’ अध्यक्ष हजाराले नेपाली बहस डट कमसँग भन्नुभयो ।

माओवादी पार्टी परित्याग गरेको बताउँदै गुप्ताले आफू जनताको मन जित्न अहोरात्र खटिछने बताउनुभयो ।

‘सर्वोच्च अदालतको (एमाले र माओवादी अलग हुने) फैसलापछि मेरो लाइन एमालेतिर गयो,’ उहाँले भन्नुभयो, ‘पद जनताले दिएको हो, पदमा नभए पनि जनताको सेवा गर्छु । यसबाट म बिचलित छैन । जनताको विश्वास जित्न सके ढिलोचाँडो फेरि पदमा पुगिन्छ ।’

स्थानीय तह निर्वाचन २०७४ मा गुप्ता २ हजार ८५१ मत प्राप्त गर्दै विजयी हुनु भएको थियो । उहाँका निकटम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार इन्द्रासन साहले २ हजार ६९४ मत प्राप्त गर्नु भएको थियो ।