अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको गृहनगरको नीति तथा कार्यक्रमका १० उद्देश्य

प्रधानमन्त्रीको गृहनगरको नीति तथा कार्यक्रमका १० उद्देश्य


दमक – प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १० वटा उद्देश्य राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

उपप्रमुख गिता अधिकारीका अनुसार आफ्नो कार्यकालको अन्तिम नीति कार्यक्रम भएकोले विगतमा सुरु भएका योजनाहरूको निरन्तरता र तिनीहरूलाई सम्पन्न गर्नेमा केन्द्रीत छ ।

नगरपालिकाले कोराना भाइरस (कोभिड-१९) बाट सृजित विभिन्न प्रकारका क्षतीलाई न्यून गर्नेतर्फ नीति कार्यक्रमलाई केन्द्रित गरेको छ ।

नगरपालिकाले सावर्जनिक गरेको नीति तथा कार्यक्रममा कोराना महामारीको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धि कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरी जनताको जीवन रक्षा गर्ने पहिलो प्राथमिकतामा राखिएको छ ।

यसैगरी, कोरोनाबाट जनधन र रोजगारी गुमाएका परिवारलाई विभिन्न प्रकारका सहुलियत प्रदान गर्ने उद्देश्य नीति तथा कार्यक्रममा राखिएको छ ।

त्यसैगरी, आफ्नो कार्यकालमा सुरु गरिएका बहुवर्षीय र क्रमागत योजनाहरू सम्पन्न गर्ने कार्यलाई नगरपालिकाले प्राथमिकतमा राखेको छ ।

उपप्रमुख अधिकारीकाअनुसार कोरोनाका कारण क्षती भएको शैक्षिक उपलब्धिलाई नविनत प्रविधिको प्रयोग गरी पुनर्भरण गर्ने लक्ष्य राखिएको छ । कोरोनाका कारण नगरपालिकाको राजश्व संकलनमा आएको गिरावटलाई सुधार गर्ने उद्देश्य नीति तथा कार्यक्रममा राखिएको छ । यसैगरी, नगरभित्रका सडकको स्त्तरोन्नती गरी दमक नगरलाई सुरक्षित, सुन्दर र सहजनगरको रूपमा विकास गर्ने उद्देश्य राखिएको छ ।

नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई विशेष ध्यान दिँदै दक्ष जनशक्तिसहित सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य नीति तथा कार्यक्रममा उल्लेख छ ।

सुकुम्बासीको ठूलो जनसंख्या भएको दमकमा उनीहरूलाई बसोबासको व्यवस्था गर्ने र सहुलियत प्रदान गर्ने उद्देश्य राखिएको छ । नगरबासीको आर्थिक स्तर उकास्न सामूहिक खेती, जैविक कृषि प्रणाली र उद्यमशिलतालाई प्राथमिकतमा राख्ने लक्ष्य नीति तथा कार्यक्रममाउल्लेख गरिएको छ ।

यसैगरी, संघीय सरकारले सञ्चालन गरेका ठूलो विकासे आयोजनालाई समयमा नै सम्पन्न गर्ने वातावरण बनाउन नगरपालिकालाई क्रियाशिल बनाउने उद्देश्य आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएको छ ।