अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट बागलुङमा थप एक संक्रमितको मृत्यु

कोरोनाबाट बागलुङमा थप एक संक्रमितको मृत्यु


बागलुङ- बागलुङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका-४ की ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड-१९ फोकल पर्सन देवप्रकाश घिमिरले बताउनुभयो ।

जेठ २ गते धौलागिरि अस्पताल भर्ना भएकी महिलाको शुक्रबार राति ९ः४५ बजे मृत्यु भएको घिमिरेले बताउनुभयो । कोभिड संक्रमणसँगै निमोनियाको पनि समस्या थियो । योसँग बागलुङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।

यस्तै, एकै पटक १७ जनालाई कोरोना संक्रमण भए पछि तमानखोला गाउँपालिकाको बोङ्गादोभान बजार एक हप्तालाई बन्द गरिएको छ । गत हप्ता शुन्यमा झरेको संक्रमण दर एकै पटक १७ जनामा पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

एन्टिजेन्ट परीक्षणमा-१ बोङगादोभान बजारमा मात्रै १७ जना संक्रमित फेला परेका थिए । प्रहरी, जनप्रतिनिधिलगायत स्थानीय बजारवासीमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य शाखाले जनाएको छ । असार १७ गते राति १२ बजेसम्मका लागि बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताउनुभयो ।