अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ नर्स र एम्बुलेन्स चालकलाई

यो वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ नर्स र एम्बुलेन्स चालकलाई


काठमाडौं- २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ भेरी अस्पतालको आईसीयूमा कार्यरत स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस कीर्तिपुरमा कार्यरत एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गरिने भएको छ ।

उहाँहरूलाई २०७८ साल असार १४ गते स्व नेता मदन भण्डारीको ७०औं जन्मजयन्तीको सन्दर्भमा सो पुरस्कार प्रदान गरिने छ ।

मदन भण्डारी फाउण्डेशनले महामारीको जोखिममा पनि अग्रपंक्तिमा रही बिरामीको सेवामा खटेका कारण योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको विज्ञप्तिमार्फत् जनाएको छ ।

यसअघि फाउण्डेशनले सो पुरस्कार हास्य कलाकार महजोडी, सामाजिक अभियन्ता महावीर पुन, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, धुर्मुस-सुन्तली फाउण्डेशन र प्रा.डा. सुबोध शर्मालाई प्रदान गरिसकेको छ ।

पुरस्कार राशी एक लाखको रहेको छ ।