अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २०१६ जनामा कोरोना पुष्टि, ३० संक्रमितको मृत्यु

आज २०१६ जनामा कोरोना पुष्टि, ३० संक्रमितको मृत्यु


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार १६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ । कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।