अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थापाथलीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

थापाथलीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते


काठमाडौं- काठमाडौंको थापाथलीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको आज मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा रामेछापका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् । घाइते खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मृतक खड्का नेपाल विद्यार्थी सङ्घका नेतासमेत हुनुहुन्छ । प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।