झापा- दमक नगरपालिकाले आफ्नो क्षेत्रमा कार्यरत पत्रकारहरूको स्वास्थ्य बिमा गर्ने भउको छ । नगरपालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिका क्षेत्रमा स्थापना भइ सञ्चालनमा रहेका सञ्चार माध्यममा कार्यरत पत्रकारको स्वास्थ्य बिमा गरिदिने उल्लेख गरेको छ ।
नगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई अभिलेखिकरण गर्ने अभ्यास समेत सुरु गर्ने र यसमा स्थानीय सञ्चारकर्मीहरुको भुमिका महत्वपुर्ण हुने जनाएको छ । यसलाई ‘अन्तर पुस्ता सञ्चार’ नाम दिइएको उपप्रमुख गिता अधिकारीले बताउनुभयो ।
यसैगरी, पत्रकारिता प्रवद्र्धनका लागि दमकमा ‘पत्रकारिता अध्ययन अनुसन्धान केन्द्र’ स्थापना गर्नेदेखि सञ्चारमाध्यमलाई मासिक रूपमै आर्थिक सहयोग गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
साथै, खोजमुलक पत्रकारिता प्रवद्र्धनका लागि तालिम, अवलोकन भ्रमण जस्ता प्याकेज अब दमकमा कार्यरत पत्रकारले पाउने छन् ।
नगरपालिकाबाट सञ्चालन भएका काम, नगरपालिकासँग सम्बन्धित आफूलाई चाहिएको जानकारी लिन नगरपालिकाले ‘जनतासँग सरकार’ भन्ने एप्स सञ्चालनमा ल्याएको छ । सो एप्सलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ ।







प्रतिक्रिया