अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टरिगाउँ विमानस्थलमा आइपुग्यो तेल भण्डारण ट्याङ्की

टरिगाउँ विमानस्थलमा आइपुग्यो तेल भण्डारण ट्याङ्की


दाङ- जिल्लास्थित टरिगाउँ विमान स्थलका लागि तेल भण्डारण गर्न रिफिलिङ ट्याङ्की तथा आवश्य उपकरण आइपुगेको छ । एक महिना अगाडि भारतको मुम्बईबाट नेपालगञ्जस्थित भन्सार कार्यालयमा ती सामग्री ल्याइ राखिएको थियो ।

विमानस्थल कार्यालयका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्याङ्की तथा आवश्य उपकरण आज आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार अब जहाजमा इन्धन भर्न बाउजरसहितका उपकरण ल्याउन आवश्यक छ ।

विमान स्थलमा इन्धन डिपो नहुँदा यहाँ आउने जहाजलाई नेपालगञ्ज गएर तेल भर्नुपर्ने समस्या रहेको छ । तुललसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयको विशेष पहलमा लामोसमयदेखि अबरुद्ध भएको हवाई सेवा सञ्चालन आएको छ ।

साथै, विमान स्थलमा यात्रुको सुविधाकालागि नयाँ टर्मिनल भवन लगाएतका संरचनाहरू निर्माण सम्पन्न पनि भएका छन् ।

सो विमान स्थलबाट हाल नेपाल बायुसेवा निगमले दैनिक दुई उडान भर्दै आएको छ । हाल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण हवाई सेवा रोकिएको छ ।

सरकारले यही असार १७ गतेदेखि जनस्वास्थ्यका आवश्यक मापदण्ड कायम गर्दै आन्तरिक उडान सञ्चालनमा ल्याउने जनाएको छ ।