अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदक तर्फको बहस आज सकिँदै

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदक तर्फको बहस आज सकिँदै


काठमाडौं- प्रतिनिधिसभा विघटन मुद्दामा आइतबार रिट निवेदक तर्फको बहस सकिँदैछ ।

संवैधानिक इजलासले निवेदक तर्फका कानुन व्यवसायीका लागि सुरुवाती बहस गर्न तोकेको १२ घण्टा मध्ये अब, २ घण्टा ३५ मिनेट समय बाँकी छ । निवेदक तर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि थप ३ घण्टा समय पाउनेछन् ।

निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् । सभामुख अग्नि सापकोटाका कानुन व्यवसायी सहित सरकार पक्षका कानुन ब्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।