काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे भन्नेबारेमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।
बैठकले निषेधाज्ञाको स्वरूपबारे निर्णय गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
अहिलेकै मोडालिटीको निषेधाज्ञा थप एक साता थप्ने सम्भावना रहेको बताइएको छ ।
गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक पटक थप्दै र मोडालिटी परिवर्तन गरिदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोलि असार १४ गते राति १२ बजे सकिँदै छ ।







प्रतिक्रिया