काठमाडौं– राप्रपाका अध्यक्ष कमल थापाले तीनघोडे रथको यात्रा अन्त्य गर्ने बताउनुभएको छ ।
थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा माहोल तातेको बेला तीनघोडे रथको यात्रा अन्त्य गर्नुपर्ने उल्लेख गर्नुभएको हो । यसका लागि आगामी भदौमा महाधिवेशन गर्नु पर्ने थापाको तर्क छ । तीनघोडे भनेर राप्रपाका तीनजना अध्यक्षलाई विम्बका रुपमा प्रयोग गर्नुभएको छ ।
‘हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा माहौल तातेको बेला सशक्त भूमिका निर्वाह गर्न राप्रपालाई देशको अग्रणी शक्ति बनाउन आउदो फागुनमा हुने स्थानीय चुनावमाको तयार गर्न,’ थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘तीनघोडे रथको गतिहिनता अन्त्य गर्न तथा पार्टी एकता गर्दा भएको सम्झौता पालना गर्न आगामी भदौमा पार्टी महाधिवेशन हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ ।’







प्रतिक्रिया