अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा ३२ करोड बढीले लगाए कोरोना खोप

भारतमा ३२ करोड बढीले लगाए कोरोना खोप


काठमाडौं- भारतमा कोरोनाभाइरसका ५० हजार ४० जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा ५७ हजार ९४४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ९२ लाख ५१ ह्जार २९ जना कोरोनामुक्त भएका छन् ।

हाल पाँच लाख ८६ हजार ४०३ जना सक्रिय सङ्क्रमित छन् । कोरोना मुक्त हुने दर ९६.७५ प्रतिशत पुगेको छ । हालसम्म तीन लाख ९५ हजार ७५१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको छ ।

गएको चौबीस घण्टामा ६४ लाख २५ हजार जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । हालसम्म ३२ करोड १७ लाख जनाले कोभिड १९ विरुद्धको खोप लगाएका हुन ।