काठमाडौं- साहित्यकार तिलविक्रम नेम्वाङ (बैरागी काइँला) को सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । बिहीबार राति मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएपछि उहाँलाई ओम अस्पताल भर्ना गरिएको हो ।
‘सुत्न जाँदा बुवा अचानक ढल्नुभयो । दाहिने खुट्टा र हात चलिरहेको थिएन । उहाँलाई राति नै अस्पताल ल्याएका थियौँ, ब्रेन स्ट्रोक भएको रहेछ,’ उहाँकी छोरी नओमती लिम्बुले भन्नुभयो ।
हाल काइँलाको होस आइसकेको छ । साथै उहाँ मान्छे चिन्नुका साथै अलिकति बोल्न सक्नेसमेत हुनु भएको छ ।
पाँचदेखि सात दिनसम्म स्ट्रोक दोहोरिने सम्भावना हुने भएकाले डाक्टरहरूको उच्च निगरानीमा उहाँको आईइसीयूमै राखेर उपचार गरिने बताइएको छ ।







प्रतिक्रिया