धनकुटा । धनकुटा नगरपालिका-९ स्थित गोलाइमा सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा स्वास्थ्य कार्यालय धनकुटा सवारी चालक शिवबहादुर खड्का, स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाँई हुनुहुन्छ । त्यस्तै, नेपाली सेनाका सात जना पनि दुर्घटनामा घाइते भएका छन् ।
घाइते चालक खड्कालाई धनकुटा जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ । नेपाली सेनाका पाँचजना गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट लगिएको छ ।
हिले बाहिनीबाट बन्दोबस्तीका सामान बोकेर विराटनगर जाँदै गरेको गाडी र स्वास्थ्य कार्यालय धनकुटाको धरानबाट स्वास्थ्य सामग्री लिएर धनकुटा आउँदै गरेको जीप धनकुटा नगरपालिका–९ मुलघाट नजिक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
सवारी दुर्घटनामा गम्भीर घाईते पाँच जना सैनिकलाई हेलिकोप्टरमा लगिएको छ भने नेपाली सेनाका दुई जना र स्वास्थ्य कार्यालय धनकुटाका चालक, कार्यालय प्रमुख गुराँगाई सामान्य घाइते भएको जनाइएको छ ।







प्रतिक्रिया