अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक इजलास : सकियो रिट निवेदकतर्फको बहस

संवैधानिक इजलास : सकियो रिट निवेदकतर्फको बहस


काठमाडौं- प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएको छ । संवैधानिक इजलासले सुरुवाती बहसका लागि निवेदकका कानुन व्यवसायीलाई १२ घण्टा समय तोकेको थियो ।

निवेदकका कानुन व्यवसायीले सरकार पक्षको बहसपछि थप ३ घण्टा प्रत्युत्तर बहस गर्न पाउने छन् ।

आज निवेदककातर्फबाट १६ जना कानुन व्यवसायीले बहस गरेका छन् । आज वरिष्ठ अधिवक्ता सविता भण्डारी, बाबुराजा जोशी, अधिवक्ता पदम रोका, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, डा. चन्द्रकान्त ज्ञवाली, उमेश गौतम र यदुनाथ खनाल लगायत १६ जनाले बहस गरेका छन् ।

भोलिबाट प्रधानमन्त्रीका कानुन व्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् ।