अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज १९२० जनामा कोरोना पुष्टि, मृतकको संख्या ९ हजार नाघ्यो

आज १९२० जनामा कोरोना पुष्टि, मृतकको संख्या ९ हजार नाघ्यो


काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।