अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोभिड ‘प्रोटोकल’ तोड्दा बेलायतका स्वास्थ्य मन्त्रीद्वारा राजीनामा

कोभिड ‘प्रोटोकल’ तोड्दा बेलायतका स्वास्थ्य मन्त्रीद्वारा राजीनामा


लण्डन- बेलायतका स्वास्थ्य मन्त्री म्याट्ट हयानककले राजीनामा दिनुभएको छ । कोभिड मापदण्ड उल्लघंन गरेको भिडियो र फोटो सञ्चारमाध्यममा सार्वजनिक भएपछि तीव्र आलोचना भइरहँदा उहाँले पदबाट राजीनामा गर्नुभएको हो ।

प्रधानमन्त्री बोरिस जोनसनले उहाँको राजीनामा स्वीकृत गर्नुभएको छ । बीबीसीका अनुसार बेलायतको पत्रिका ‘द सन’ले हयानकक र जिना कोलाडाङ्गेलोलाई चुम्बन गरेको तस्विर र भिडियो सार्वजनिक गरेको थियो ।

उक्त समाचार प्रकाशन भएपछि हयानककको तीव्र आलोचना भएको थियो । दुवै जना विवाहित छन् । पत्रिकाले गत मे ६ मा दुवै जनाको उक्त तस्विर र भिडियो स्वास्थ्य विभागमा लिइएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री जोनसनले समेत राजीनामा गर्न उहाँलाई सुझावसँगै दबाब दिनुभएको थियो ।

पूर्वमन्त्री हयानककले मार्थासँगको १५ वर्षे वैवाहिक जीवनलाई अन्त्य गर्नुभएको छ । र जिनासँग उहाँ गम्भिर सम्बन्धमा हुनुहुन्छ । जिनाले समेत स्वास्थ्य विभागको गैर कार्यकारी निर्देशक पदबाट राजीनामा गर्ने निर्णयमा पुगेको बताइएको छ ।

प्रधानमन्त्रीलाई लेखिएको राजिनापछि ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘म प्रधानमन्त्री कहाँ पुगेर स्वास्थ्य तथा सामाजिक हेरचाह मन्त्रीको पदबाट राजिनामा गरेको छु,’ ‘महामारीमा थुप्रैले अनेकौं त्याग गरेका छन् र कानून बनाउने हामी सबैले कानूनको पालना गर्नुपर्छ, त्यसैले मैले राजिनामा गरेको छु,’ उहाँले अगाडि लेख्नुभएको छ ।