काठमाडौं– एमाले एकतामा एकपछि अर्को संकट थपिरहेकाबेला एमाले पूर्वसचेतक शान्ता चौधरीले टिकटक भिडियो फेसबुकमा अपलोड गर्नुभएको छ ।
शान्ता संस्थापन पक्षमा जति बलियो गरी उभिनुभएको छ, रामकुमारीको जोड माधव नेपालतिर उस्तै तगडा छ । एमालेको फरक समूहमा रहेका दुई युवा नेतृहरूको टिकटकले धेरै भ्यूज र कमेन्ट पाएको छ ।
कमेन्ट बक्समा सिरियस, रमाइला र उट्पट्याङ प्रतिक्रिया बर्सिएका छन् । पत्रकार प्रकाश ढकालले लेख्नुभएको छ, ‘शान्ता दिदीलाई ओली कमरेडले रामकुमारीसँग किन सँगै नाचेको भनेर प्रष्टीकरण हान्ने त होला अब ।’
अर्का पत्रकार रामकुमार शाहीले भने ‘गज्जब। खुशी लाग्यो दिदीहरूलाई यसरी देख्दा’ भनेर कमेन्ट गर्नुभएको छ ।
एमाले एकता बिथोलिने सन्त्रासका बीच दुई नेतृको प्रेमपूर्वक टिकटकले धेरैलाई भावुक पनि बनाएको छ । ‘तपाईंहरूको मित्रताले पार्टी एकतामा महत्वपूर्ण भूमिका खेलोस् शुभकामना,’ रविन्द्र शाहीको प्रतिक्रिया छ ।
कतिपयले एमाले विवादअगाडिको टिकटक भन्ने अनुमान गरेपछि एमाले नेतृ शान्ताका अनुसार रामकुमारीसँग शनिबारमात्रै भेट भएको हो । ‘हिजोमात्रै भेट भएको थियो,’ उहाँले नेपाली बहससँग भन्नुभयो, ‘एकताको सन्देश यसरी पनि दिन सकिन्छ भनेर भिडियो बनाएका हौं ।







प्रतिक्रिया