काठमाडौं- सर्वोच्च अदालतले मन्त्रिपरिषद्ले बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
स्नातक तहसमेत पास नगरेकाले योग्यता नपुगेको भन्दै न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले आइतबार कार्कीको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य प्रशासन मन्त्री हुनुभएका कार्कीलाई वैशाख २५ मा सरकारले बहराइनको राजदूत नियुक्तिको लागि सिफारिस गरेको थियो ।
अघिल्लो साता सर्वोच्च अदालतले मन्त्री भइसकेकालाई राजदूत बनाउँदा स्नातक पास गरेको हुन पर्ने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको थियो ।







प्रतिक्रिया