अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राधिकरणका इञ्जिनियर काममा फर्कन सहमत

प्राधिकरणका इञ्जिनियर काममा फर्कन सहमत


काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकहरू तत्काल कार्यक्षेत्रमा फर्केर पुनर्मिाणका काममा क्रियाशील हुने भएका छन् ।

प्राधिकरणमा आज भएको वार्तामा इञ्जिनियरले पाउने सञ्चार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका सहमति भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा भउको छलफलपछि प्राधिकरणका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत् प्राविधिकका तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।

सहमतिपछि अमरले आफ्ना सबै माग पूरा भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण प्राविधिकहरू काममा खटिने र असार मसान्तभित्र धेरैभन्दा धेरै लाभग्राहीको मुहारमा खुसी ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।