काठमाडौं- नेकपा एमाले राष्ट्रिय सभामा प्रमुख सचेतक खिमलाल भट्टराईले डा.बेदुराम भुसालको सांसद पद गुमेका बताउनुभएको छ ।
एमाले स्थायी कमिटी सदस्य एवं राष्ट्रिय सभाका सदस्य भुसालले हिजो संसद सचिवालयमा आफूले एमाले त्यागेको पत्र दर्ता गराउनुभएको थियो । उहाँले अबदेखि आफू स्वतन्त्र साँसद भएको उल्लेख गर्नुभएको थियो ।
भुसालको यो भनाईलाई सचेतक भट्टराईले प्रतिकार गर्नुृभएको छ । उहाँले भुसाल स्वतन्त्र हुन सक्ने तर साँसद भइरहन नसक्ने उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लामो टिप्पणी लेख्दै भट्टराईले दुई पार्टी (एमाले र माओवादी)को एकता भंग भए पछि दुई मध्ये एक पार्टी रोज्ने छुट भएको तर स्वतन्त्र बस्ने छुट नभएको कुरा स्मरण गराउनुभएको छ । ‘सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेद्वार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको साँसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ?यस अवस्थामा उनको साँसद पद नै चैट हुन्छ ’ भट्टराईले लेख्नुभएको छ ।
भट्टराईले माधव कुमार नेपालको उदाहरण दिंदै लेख्नुभएको छ ‘कामरेड माधव कुमार नेपालले अहिलेसम्म आफूलाई नेकपा एमालेको बरिष्ठ नेता भन्दै आउनुभएको छ । अब वहाँ के भन्नुहुन्छ ?वहाँ के स्वतन्त्र साँसदको नेता हुनुहुन्छ त ?’







प्रतिक्रिया