अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज मदन भण्डारीको ७० औं जन्मजयन्ती

आज मदन भण्डारीको ७० औं जन्मजयन्ती


काठमाडौं –  नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्ती आज मनाइँदैछ। मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गदै हुनुहुन्छ ।

जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध सचेतना मुलक कार्यक्रमहरुको आयोजना गर्दे आएको छ । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।

कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याउनुभएका भण्डारीको विशेष योगदान रहेको छ ।