काठमाडौं -नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी विवाद समाधानको जग तयार भएको बताउनुभएको छ ।
असार १६ गते बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकले विवादमा उठेका धेरै विषयहरुलाई सम्बोधन गर्ने उहाँले बताउनुभयो । ‘१६ गतेपछि आयोजक कमिटी रहँदैन । यो केन्द्रीय कमिटीमा रुपान्तरण हुन्छ,’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘त्यसपछि त उहाँहरुले उठाएका मागको पनि सम्बोधन होला ।’
‘महाधिवेशन आयोजक कमिटीबाट केन्द्रीय कमिटीमा रुपान्तरण हुनु भनेको विवाद समाधानको जग तयार हुनु हो, ’ नेम्वाङले भन्नुभयो ‘यही जगमा टेकेर विवादका धेरै कुरा समाधान हुन्छन् भन्ने अपेक्षा छ । ’







प्रतिक्रिया