अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई शान्ताको चिठी : कमरेड तपाईं फस्नुभयो

माधव नेपाललाई शान्ताको चिठी : कमरेड तपाईं फस्नुभयो


काठमाडौं- नेकपा एमाले पूर्वसचेतक शान्ता चौधरीले कांग्रेसको पछाडि लाग्दा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल फस्नुभएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत् एक पत्र लेख्दै उहाँले नेता नेपाल निस्किनै नसक्ने गरी कांग्रेसको जालमा फस्नुभएको बताउनुभएको हो ।

‘हेर्दाहेर्दै यति ठूलो विचलन तपाईंमा देख्नपर्‍यो । फँस्नुभयो कमरेड फँस्नुभयो तपाईं । निस्कनै नसक्ने गरी कांग्रेसको जालमा पर्नुभयो,’ एमाले पूर्वसांसद समेत रहनुभएकी चौधरीले लेख्नुभएको छ ।

शान्ताले माधवलाई लेखेको पत्र :

आदरणीय कमरेड माधव नेपाल

हार्दिक अभिवादन ।

नेकपा (एमाले) को तपाईं आदरणीय नेता हुनुहुन्थ्यो , श्रद्धेय हुनुहुन्थ्यो । हेर्दाहेर्दै यति ठूलो विचलन तपाईंमा देख्न पर्‍यो । फँस्नुभयो कमरेड फँस्नुभयो तपाईं । निस्कनै नसक्ने गरी कांग्रेसको जालमा पर्नुभयो । शेरबहादुरलाई प्रधानमन्त्री बनाउने, त्यसपछि पार्टी विभाजन गर्न सजिलो पर्ने गरी शेरबहादुरले अध्यादेश ल्याइदिने, अनि तपाईंले पार्टी विभाजन गरिदिने, चुनावी सरकारको नेतृत्व तपाईंले गर्ने, आगामी निर्वाचनमा तपाईंलाई कांग्रेसले जिताईदिने, चुनावी गठबन्धन गर्ने, कांग्रेसले तपाईंलाई एमालेभन्दा ठूलो पार्टी बनाई दिने, वा कमरेड वा तपाईं सपना !

यो स्ट्याटस सुरक्षित होस्, साथीहरू स्क्रिनसट गरेर राख्नुहोस् पछि मलाई देखाउनुहोस् । म चुनौती दिन्छु, निर्वाचनपछि तपाईं त्यहीँ पुग्नुहुन्छ जहाँ आज सिपी मैनाली छन् ।

कांग्रेसलाई आफैँभित्र सकस हुनेछ । आफ्नै पार्टीभित्रको गुटका लागि टिकटको भागबन्डा मिलाएर वितरण गर्न उसलाई आफैँलाई सकस हुनेछ ।

तपाईंको पार्टीलाई कांग्रेसले भाग छुट्याई दिने, प्रचण्डलाई छुट्याईदिने, बाबुराम उपेन्द्रलाई छुट्याएर दिने अनि कांग्रेसका मतदाताले तपाईंहरूलाई भोट दिएर जिताई दिने, वा कमरेड वा तपाईंको दिवा सपना । राष्ट्रियसभाको उपनिर्वाचन जस्तै ठान्नु भयो की क्या हो कमरेडले । कमरेडको राजनीति हेर्दाहेर्दै कांग्रेसको शरणमा ।  भो कमरेड भो, पतनको बाटो नजानुहोस् ।