अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालजस्तो लाजसरम पचेको मान्छे अरू छैन : प्रधानमन्त्री

माधव नेपालजस्तो लाजसरम पचेको मान्छे अरू छैन : प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालजस्तो लाजसरम पचेको व्यक्ति अरू कोही हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।

प्रमुख विपक्षी दलको पछि हिँडेका नेपालको नाम नै लिएर प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘माधव नेपाल भन्ने व्यक्ति छन्, जसको चर्चा अहिले भइरहेको छ । यति लाजसरम पचेको मान्छे अरू छैन ।’

मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डपथमा हिँडेपछि कांग्रेसमा नाथुराम गोड्सेको खोजी भइरहेकोसमेत उल्लेख गर्नुभयो । उहाँले प्रचण्ड कांग्रेसको मामुली कार्यकर्ता मात्रै भएको टिप्पणी गर्नुभएको छ ।