काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताउनुभएको छ । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बौलाह कुकुरले टोकेको छर? कोही काम नपाएर, कोही नेपालमा नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला?,’ उहाँले प्रश्न गर्नुभयो ।
साथै, उहाँले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्तासमेत रहेको बताउनुभयो । माधवको प्रमुख उद्देश्य माओवादीसँग मिल्नु नै रहेकोसमेत आरोप लगाउनुभयो ।







प्रतिक्रिया