काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी जननेता मात्रै नभएर शताब्दी नायकसमेत भएको बताउनुभएको छ ।
आज बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मदनका विचार नेपाली समाजलाई झक्झक्याउने भएको भन्दै भण्डारीमा लोकतान्त्रिक शक्तिलाई एकीकृत गरेर अघि बढाउन सक्ने क्षमताको चर्चा समेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मदन भण्डारी जननेता मात्रै होइन, उहाँ शताब्दी नायक पनि हो । मदन भण्डारीका चिन्तन निश्कृय शुभकामना मात्रै होइनन् ।’







प्रतिक्रिया