अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको प्रश्न : माधव नेपालले राजीनामा दिनु पर्दैन?

प्रधानमन्त्रीको प्रश्न : माधव नेपालले राजीनामा दिनु पर्दैन?


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता माधवकुमार नेपालले राजीनामा दिनुपर्दैन भनेर प्रश्न गर्नुभएको छ । आज बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो प्रश्न गर्नु भएको हो ।

‘एमाले ध्वस्त बनाउने, अनुशासनहिन काम गर्ने माधव नेपाल जति यति अराजक, अनुशासनहीन, इमान नभएको मान्छे दुनियाँको लोकतान्त्रिक इतिहासमा कोही छैन,’ उहाँले भन्नुभयो, ‘आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लाग्ने तर एमालेको वरिष्ठ नेता हुँ भन्दै चर्चा कमाउने । उहाँले राजीनामा दिनुपर्दैन?’

साथै, प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नगरेकोसमेत बताउनुभयो ।

‘माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बौलाह कुकुरले टोको छर? कोही काम नपाएर, कोही नेपालमा नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला?,’ उहाँले प्रश्न गर्नुभयो ।