अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड पथमा हिँडेपछि कांग्रेस नेताहरू नाथुराम गोड्से खोज्न थाले : प्रधानमन्त्री

प्रचण्ड पथमा हिँडेपछि कांग्रेस नेताहरू नाथुराम गोड्से खोज्न थाले : प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड पथमा हिँडेपछि कांग्रेस नेताहरूले नाथुराम गोड्से खोज्न थालेका बताउनुभएको छ ।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आज मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड पथमा हिँडेपछि कांग्रेस नेताहरूले नाथुराम गोड्से खोज्न थालेका बताउनुभएको हो ।

उहाँले प्रचण्ड पथ अस्थिरता र हिंसाको सिद्धान्त रहेको बताउनुभयो । ‘अस्थिरताको खेति गरेको छ, देश कता जान्छ मतलब छैन, कांग्रेस त्यहाँ पुग्नु भनेको प्रचण्ड पथ नै अंगालेको हो, कांग्रेसले अंगालेपछि र आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि प्रचण्डपथ यति व्याप्त भइसक्यो कि अहिले सर्वोच्च अदालतमा पनि प्रचण्ड पथ चर्चा हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले सर्वोच्च अदालतमा प्रचण्डका एउटा कार्यकर्ताले न्यायाधीशकै अघि हिंसालाई दुरुत्साहन गरेका पनि बताउनुभयो । ‘अहिले सुप्रिम कोर्टमा पनि प्रचण्ड पथको चर्चा हुन्छ, फान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेको जस्तै गर्दा रहेछन् र पो काटिँदो रहेछ, अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ, यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।